व्यायाममा बालबालिका निकै पछाडि

0
Shares

लन्डन, (एजेन्सी)।

विश्वमै पहिलो पटक गरिएको एक विश्लेषणात्मक सर्भेक्षणअनुसार अहिले विश्वभरि नै एघारदेखि सत्र वर्ष उमेर समूहका ५ जनामध्ये चार जना बालबालिकाले आवश्यक परिमाणमा शारीरिक व्यायाम गर्ने नगरेको पाइएको छ।

विश्व स्वास्थ संगठन ( डब्ल्यूएचओ ) ले यसबाट बालबालिका स्वास्थलगायत तिनीहरुका मस्तिस्क विकास एवं सामाजिक सिपमा नराम्रो असर पुगिरहेको भनी चिन्ता प्रकट गरेको छ। यस अध्ययनले विश्वका धनी तथा गरिब दुवै मुलुकहरुमा तिनीहरुले चिकित्सकीय सल्लाहअनुरुप दिनको एक घन्टा व्यायामसमेत गर्न असमर्थ रहेको जनाएको छ।

विश्वका कूल १ सय ४६ वा मुलुकमा गरिएको अनुन्धानमा ती चारजनामध्ये पनि केटीहरुभन्दा केटाहरु बढी सक्रिय रहेको बुझिएको छ। मुटुको चाल तिव्र पार्ने तथा फोक्सोलाई बल पर्ने गरेर गर्न सकिने व्यायाममा दौड , साइकलिंग , पौडी , फुटबल , जिम्न्यास्टिक र डोरीजस्ता खेलहरुलाई सिफारिस गरिएको छ।

डब्ल्युएचओले अफगानिस्तानदेखि जिम्बावे समम पनि यो समस्या विद्यमान रहेको जनाएको छ। तुलनात्मक रूपमा विशवम् सबैभन्दा निष्कृयता स्तर रहेका बंगलादेशमा समेत ६६ प्रतिशत बालबालिका दिनहुँ एघ घन्टा व्यायामबाट टाढै रहेको जनाएको छ। फिलिपिन्समा ९३ प्रतिशत केटा र दक्षिण कोरियामा ९७ प्रतिशत केटी व्यायाममा निष्कृय रहेको पाइएको छ।