सहमति वचत तथा ऋण सहकारीमा नयाँ नेतृत्व

0
Shares

काठमाडौं, (नेस)।

कीर्तिपुरस्थित सहमति वचत तथा ऋण सहकारी संस्था लिमिटेडले आगामी चार वर्षका लागि श्रीकृष्ण दाहालको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ।
तेह«ौं साधारण सभाले चयन गरेको सात सदस्यीय नेतृत्वमा गोपालप्रसाद पाण्डेय, डा. केशवप्रसाद अधिकारी, पारसमणि भण्डारी क्रमशः उपाध्यक्ष सचिव र कोषाध्यक्ष हुनुभएको छ भने सदस्यहरूमा कमलादेवी ज्ञवाली, टीकादेवी खनाल र रविलाल भण्डारी निर्विरोध निर्वाचित हुनुभएको छ।

कुल दुई सय ८४ सेयर सदस्य रहेको यस सहकारीमा लेखा सुपरिवेक्षण समिति पनि गठन गरिएको छ जसमा सुशीलकुमार नेपाल संयोजक र सदस्यहरूमा ज्ञानराज गौतम र पार्वतीकुमारी तिवारी चयन हुनुभएको छ। साधारणसभा संस्थाका अध्यक्ष प्राडा रुद्रप्रसाद गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो।