काठमाडांै नेचुरोपेथी अस्पतालको सेवा शुरू

0
Shares

काठमाडौं, (नेस)।

काठमाडौंको बसुन्धरामा खोलिएको काठमाडौं नेचुरोपेथी अस्पतालको आइतबार औपचारिक उद्घाटन गरिएको छ।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अस्पतालको उद्घाटन गर्दै प्राकृतिक चिकित्सा पद्दतीको कामले निरन्तरता पाउनुपर्ने बताए।

अस्पतालका सञ्चालक तथा अध्यक्ष गणेश पाण्डेलाई आफूले ढाड दुखेको बेला स्वास्थ्यलाभको कामना गरेको स्मरणगर्दै पोखरेलले भने, ‘सायद त्यहीं अनुभव र महशुश भएर होला बहुमुखी प्रतिभाका धनी गणेशजीले यो अस्पताल सञ्चालन गर्नुभयो।’

आफू प्रतिनिधि भएको क्षेत्रमा खुलेको अस्पतालले सेवामूलक भएर जनताकै सेवा गर्न लागेको बताउदै पोखरेलले भने,‘यहाँ जे जस्तो सेवा सुविधाको कुरा उल्लेख छन् ति जनतासँग गरिएको कमिटमेन्ट हो, अस्पतालको टिमले गरेको कमिटमेन्टमा कुनै कमजोरी नहुने मैले विश्वास लिएको छु।’

अस्पतालका अध्यक्ष पाण्डेले भन्नुभयो, अस्पतालले कार्यमा निरन्तरता दिंदैै विरामीको उपचार पद्दतीमा कुनै सम्झौता नहुने जानकारी दिए। उनले अस्पताल सञ्चालन गर्नु कतिपयका लागि रोजगारीको अवसरसमेत भएको र प्राकृतिक चिकित्सा पद्दतीको प्रवद्र्धन पनि रहेको बताउनुभयो।