एचआईभी रोकथाममा विद्यार्थी सक्रिय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

हामी सबैको काम, एचआईभीको रोकथाम भन्ने नाराका साथ डिसेम्बर एकमा नेपाललगायत विश्वभर एड्स दिवस मनाईएको छ।एचआईभी संक्रमण नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको केन्द्र र अन्य सरोकारवाला निकायले दिवसका अवसरमा विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरेका छन्।

काठमाडौं बसुन्धरास्थित ओरियन्ट कलेजका सामाजिक कार्यमा स्नातक गर्दै गरेका विद्यार्थीले पनि यस दिवसलाई विभिन्न कार्यक्रम गर्दै मनाएका छन्।
काठमाडौंको बसपार्कमा ओरियन्ट कलेज क्लब र शान्ति फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एचआईभी एड्सका बारेमा जानकारी दिइएको थियो।

एचआइभी एड्स सम्बन्धी जनचेतना फैलाउने, यसको रोकथाम तथा उपचारको बारेमा देशैभरि जानकारी दिने, बहस गर्ने र वकालत गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो।

यसका साथै कार्यक्रममा सडकर्याली, नृत्य प्रदर्शन र सडक नाटकसमेत प्रदर्शन गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै ओरियन्ट कलेजकी कार्यक्रम संयोजक साधना थापाले शैक्षिक संस्थाको दायित्व विद्यार्थीलाई मात्र शिक्षा दिनु नभइ सम्पूर्ण समुदायलाई नै शिक्षित बनाउने एक महत्वपूर्ण दायित्व भएको महसुस गर्दै यस कलेजले समसामयिक विषयमा जनचेतना मुलक कार्यक्रमहरू सञ्चालन गर्ने गरेको बताउनुभयो।

करिब ३ सय जनाको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय प्रहरीहरू, ओरियन्ट कलेजका विद्यर्थी, शान्ति फाउन्डेसनका कर्मचारीहरूको उपस्थिती रहेको थियो।