भक्तपुरबाट प्रदेशसभा सदस्यमा कांग्रेस उम्मेदवार भँडेल विजयी

0
Shares

काठमाडौं ।
भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका कसष्णलाल भँडेल विजयी भएका छन् । कांग्रेस उम्मेदवार भँडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत पाएका छन् ।नेपाल मजदूर किसान पाटीका निरज लवजुले ५ हजार ८२९ मत पाएका छन् ।

भक्तपुर क्षेत्र नम्बर १ (क) मा भँडेल निर्वाचित भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।