कास्कीमा खस्यो ६३ प्रतिशत मत

0
Shares

नेपाल समाचारपत्र, पोखरा।

कास्की २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ। निर्वाचनमा करिब ६३ दशमलब ४१ प्रतिशत मत खसेको छ। ७१ हजार ८ सय ७१ मतदाता रहेको सो क्षेत्रमा ४५ हजार ५ सय ७९ मत खसेको छ।

मतदानका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्रहरू तोकिएका थिएकास्कीमा खस्यो ६३ प्रतिशत मत
पोखराका ११ वटा वडाहरू ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ कास्की क्षेत्र नम्बर २ पर्दछ। कास्कीमा २१ जना उम्मेदवार चुनावी मैदानमा छन्। त्यसमा ११ जना दलीय र १० जना स्वतन्त्र उम्मेदवार रहेका छन्।

कास्की क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना शनिबार रातिदेखि नै शुरु गर्ने तयारी गरेको छ। शनिबार राति १० बजेपछि मतगणना हुने निर्वाचन कार्यालय कास्कीले जानकारी दिएको हो।

साँझ ८ बजेसम्म सबै मतपेटिकाहरू जिल्ला समन्व्य समिति कास्कीमा ल्याइसक्ने र सर्वदलीय बैठक बस्ने तय भएको कार्यालयले जानकारी दिएको छ।कास्की २ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट विद्या भट्टराईले उम्मेदवारी दिनुभएको थियो।

भट्टराईले स्व. रविन्द्र अधिकारीको जन्मथलोसमेत रहेको भरतपोखरीस्थित शान्ति उदय माविमा मतदान गर्नुभएको थियो भने कांग्रेसका उम्मेदवार खेमराज पौडेल, साझा पार्टीकी उम्मेदवार रजनी केसीले वडा ४ स्थित नवीन माविमा मतदान गर्नुभएको थियो।