उपनिर्वाचनमा खस्यो ६५ दशमलव ४३ प्रतिशत मत

0
Shares

सुनील महर्जन, काठमाडौं। 

देशका ३७ जिल्लाका ५ सय ३७ मतदान केन्द्रमा शनिबार भएको उपनिर्वाचनमा कूल मतको ६५ दशमलब ४३ प्रतिशत मत खसेको पाइएको छ। सवैभन्दा कम मत रोल्पाको थवाङ गाउँपालिकामा खसेको छ।

यो समाचार तयार पार्दासम्म प्राप्त प्रारम्भिक विवरणको आधारमा प्रक्षेपण गर्दा यो मत प्रतिशत विगतको निर्वाचनको तुलनामा केही कम भएको निर्वाचन आयोगले जनाएको छ। विगतमा ७० प्रतिशत मत खसेको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार कूल ४ लाख ५४ हजार १ सय १४ जना मतदाता रहेकोमा शनिबार २ लाख ९७ हजार १ सय ३७ जनाले मतदान गरे।

हुम्लाका केही जिल्लाबाहेक मतपेटिकाहरू राति ११ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा आइपुग्ने र आइतबार दिउँसोसम्म ५० प्रतिशत ठाउँको नतिजा आउने प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिनुभयो। कास्की, दाङ, सर्लाही, डोटी र लमजुङका मतदान केन्द्र नजिक अवरोध गर्ने उद्देश्यले अप्रिय घटना भए पनि मतदान नरोकिएको आयोगको दावी छ।

कति खस्यो ?

प्रतिनिधिसभातर्फ

कास्की–४६,५७५ मत(६५ प्रतिशत)

प्रदेश सभातर्फ

भक्तपुर–३१,६८२ मत(७० प्रतिशत)

बाग्लुङ–२१,२९५ मत(६१ प्रतिशत)

दाङ–४५,७१९मत (६७ प्रतिशत)

स्थानीय तहतर्फ

धरान उपमनपा–५९ प्रतिशत

फाल्गुनन्द गाउँपालिका–६६ प्रतिशत

मकालु गाउँपालिका–६५ प्रतिशत

पिपरा गाउँपालिका–६० प्रतिशत

खार्पुनाथ गाउँपालिका–८५ प्रतिशत

रोल्पा, थवाङ गाउँपालिका–१६ दशमलब ४ प्रतिशत

हाम्रा संखुवासभा संवाददाता इन्द्र गिरी, रामेछाप संवाददाता रामचन्द्र विक, भक्तपुर संवादता पुष्कर बुढाथोकी, काभ्रे संवाददाता मोतीराम तिमल्सिना, सल्यान संवाददाता सरिता चलाउने, रोल्पा संवाददाता महेश न्यौपाने, दाङ संवाददाता नरेन्द्र केसी, बाँके संवाददाता कुमार श्रेष्ठ, पाँचथर संवाददाता गणेश साम्पाङ, बाग्लुङ संवाददाता सिर्जना पन्त, बैतडी संवाददाता विनोदसिंह विष्ट, गुल्मी संवाददाता अनिल खत्री, खोटाङ संवाददाता रामधन राईलगायतले मतदान शान्तिपूर्वक सम्पन्न भएको बताउनुभएको छ। जिल्लाका विभिन्न ठाँउहरूमा मत पेटिका ल्याउने र गणना गर्ने कार्य यो समाचार तयार पार्दासम्म जारी रहेको छ।