नेकपाले खाता खोल्यो

0
Shares

काठमाडौं, (नेस)। 

सल्यानको कुमाख गाउँपालिका–५ को वडा अध्यक्षको उपचुनावमा नेकपाका धर्मे बुढाथोकी निर्वाचित हुनुभएको छ। बुढाथोकी ७ सय ९२ मत ल्याई विजयी हुनुभएको हो।

सल्यान, रोल्पा र कञ्चनपुरमा नेकपाको विजयी शुरूआत

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खड्गबहादुर बोहराले २ सय ५१ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका गोपाल शाहले २१ मत प्राप्त गर्नुभएको छ। १ हजार ८ सय ३९ मतदातामध्ये १ हजार १ सय २४ मत खसेको थियो।

जसमा ६० मत बदर भएको छ। त्यसै गरी रोल्पाको थवाङ गाउँपालिका–१ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जनकबहादुर बुढामगरले १ सय ७४ मत प्राप्त गरी विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गर्नुभएको छ। मतदानका क्रममा ९ जनाको मत बदर भएको प्रमुख निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले जानकारी दिनुभयो।

यसैबीच कञ्चनपुरको पुनर्वास नगरपालिका–३ को अध्यक्षमा नेकपाका कृष्णबहादुर तामाङले खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याई विजयी हुनुभएको छ। उहाँले ५ सय २८ मत पाउनुभएको थियो भने कांग्रेसका दीपबहादुर तामाङले ३ सय १० मत पाउनुभएको थियो।

त्यसै गरी भीम तामाङ ७४ र पदम शाहीले ७ मत प्राप्त गर्नुभएको थियो।त्यसै गरी लमजुङको सुन्दरबजार नगरपालिका २ मा नेकपाका उम्मेदवार नवीनकुमार श्रेष्ठ भारी मतले विजयी हुनुभएको छ ।