समृद्ध नेपाल, सुखी नेपालीको सपना पुरा गर्ने सारथी मध्ये एक प्रहरी महानिरीक्षक सर्वेन्द्र

0
Shares

राधाकृष्ण देउजा । 

प्रहरी सेवा प्रवेश पश्चात जहाँसुकै रहँदा अनि जुनसुकै दर्जामा रहँदा होस वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अत्यन्त कुशलता पुर्वक काम गर्दै आए जसले गर्दा नेपाल सरकारले उनलाई प्रहरी महानिरीक्षकमा नियुक्ति गर्दा आम नेपाली नागरीकलाइ शान्ती सुरक्षा प्राप्त गर्ने अधिकारबाट कसैले कुन्ठित गर्न सक्दैन र अपराधिक गतिबिधिमा संग्लग्नरुले शिर उठाउन सक्ने छैनन भन्ने कुरामा विश्वस्त भएर आइजीपीको स्वाभाविक दावेदार उनलाइ न्याय गर्दै आइजीपीमा नियुक्त गरको थियो ।

सरकारको सोहि सहि निर्णय गर्ने दृढताको कारण आइजीपी नियुक्तीको निर्णय हुँदै गर्दाको तत्कालिन अवस्थामा उनलाई बन्नबाट रोक्न विभिन्न खाले संगठित समुह, व्यक्ति विभिन्न हिसावले लागेकै थिए भन्ने कुराहरु बुझ्न त्यसवेला मिडियाहरुमा आएका समाचारहरु मात्रै हैन बिभिन्न रेस्टुरेन्टहरुमा विचौलिया , प्रहरी अधिकृतहरु देखि ठेकेदारहरुसम्मको खानपिन देखेका र कुरा सुनेका विचरा वेटरहरुलाई पनि थाहा होला ।

तर वर्तमान सरकार देशमा सुशासन कायम गरी सम्बद्ध देश सुखी नेपाली बनाउन चाहन्थ्यो र देशलाई हरेक ठाउँमा स्थिरता दिन चाहन्थ्यो र त्यसको निम्ती भरपर्दो सुरक्षा अत्यावश्यक छ भन्ने बुझेको थियो अनि स्वाभाविक रुपमा त्यसको निम्ती सवल नेतृत्वको अनिवार्यता नबुझ्ने कुरै थिएन । स्थिरता विना बिकाश सम्भव थिएन अनि विकास नभए सम्वृद्धि केवल शव्दमा सिमित हुने पक्कै छ भन्ने बुझेको सरकारले राज्यको उपस्थिती देशभर जनाई रहेको नेपाल प्रहरीको नेतृत्वको छनौट सही हुनु पर्दथ्यो ।त्यही बुझेको सरकारले वुद्धीमतापुर्ण तरिकाले वर्तमान प्रहरी महानिरीक्षक सर्वेन्द्र खलाललाई प्रहरी प्रमुख बनाएको हो ।

तर नियुक्ति केवल थालनी थियो , नियुक्त पश्चात गरिने कामहरुले मात्रै नियुक्तिको उपादयता पुष्टि हुनु स्वाभाविक हुने नै भयो । अव चर्चा गरौ सरकाले चाहे जस्तो प्रहरी महानिक्षकले गर्न सके सकेनन रु जनताले शान्ती सुरक्षाको अनुभुती गर्न सके सकेनन रु अपराधिक गतिविधिमा संलग्न संगठित गिरोह समुह वा व्यक्तिले समाजलाई असुरक्षीत वा आतंकित पारी राख्न सके वा सकेनन रु विकाश निर्माणका काममा गुण्डा गर्दी मौलायो वा कुनै प्रभाव पार्न सकेन ? हो यस्ता कुराहरुको यथोचित लेखाजोखाले नै वर्तमान महानिरीक्षकको मुल्यांकन गरिनु पर्छ । तथ्यहरु केलाएर हेर्ने हो भने महानिरिक्षक भए लगत्तै उनि प्रहरीको मनोवल उचो पार्नु पर्दछ भन्नेमा लागे । उनि अगाडीको माहानिरिक्षेक छनोटको दौरान भए गरेको विकृत खेलहरु देखि लामो कानुनि लडाई अनि कृतेको चर्चासम्म हुनुले प्रहरी संगठनको मनोवल हुनु पर्ने जति उचो रहन नसकेको राम्रोसंग बुझेका उनले जे गरेर सुरुवात गर्नु पर्थ्यो त्यही गरे ।

त्यसको लागी प्रहरी कर्मचारीको वृत्ति विकासमा ध्यान पुर्‍याउनु पर्दछ भन्ने फिल्डबाटै खारिएर आएको उनलाई थाहा नहुने कुरै भएन । उनले बर्षो देखी रोकिएको बढुवा र सरुवा खोलि दिए । उनले १९ महिनामा १० हजार विभिन्न दर्जा का प्रहरी कर्मचारी को वढुवा गरी दिए भने करिव ३२ हजार को अनुकुल स्थानमा सरुवा गरी दिए जसका कारण प्रहरीको मनोवल उच्च भयो । यस्तो प्रकारले उच्च महत्वको साथ मानव संसाधनको व्यवस्थापन गर्ने विरलै आइजीपी मध्यमा पर्न सफल भए उनि ।

हाम्रो समाजको तितो यथार्थता के हो भने अहिले पनि ५० प्रतिशत जनताले प्रहरी लाईनै सरकार मान्दछन , उनिहरुले आफ्ना समस्या चाहे कानुनी हुन वा व्यवहारीक सम्पुर्ण प्रहरीबाटै समाधान चहान्छन। त्यस्तो समाज भएको हाम्रो विकासोन्मुख देशमा पहिलो सुधार प्रहरी बाट नै हुनु पर्ने थियो । महानिरिक्षक सर्बेन्द्रले त्यसैमा ध्यान पुर्‍याएर सार्वजनिक रुपमै आफुले कुनै अनियमितता नगर्ने र गर्न समेत नदिने वताए।फलस्वरुप एक संस्थाले गरेको सर्बेक्षणले प्रहरीमा भ्रष्टचार ०.१ ५ मा सिमित रहेको र अन्य सरकारी निकायको तुलनामा प्रहरी संगठन नै पहिलो भएको देखायो । उनलाई जनता सँग नजोडिई अपराधको जालो तोड्न सकिदैन र त्यसको लागी योजनावद्ध कार्यक्रम ल्याउनु पर्दछ भन्ने पनि थाहा थियो त्यसैले उनले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई सरकारको नितिगत कार्यक्रम नै वनाउनु पर्दछ भन्ने ठाने ।

भद्र एंव सालिन वर्तमान गृहमन्त्री राम बहादुर थापा वादल त्यसमा सहमत भए र प्रधान मन्त्रीलाई समेत सहमत गराई बिधिवत रुपमा प्रत्येक स्थानिय निकायले बजेटनै छुट्याउनु पर्ने व्यवस्था मिलाए ।परिणाम त ७५३ स्थानिय निकायमै प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सम्पुर्ण स्थानीय तह संग सम्झौता गर्न सक्यो।अहिले प्रहरीले सुचनानै जनस्तरबाट पाउदैछ भने जनतासँगको दुरीले गर्दा २४ घन्टा डिउटीमा रहने प्रहरीको जुनस्तरमा मुल्याङ्कन जनस्तरबाट हुनु पर्नेमा त्यसो हुन नसकिरहेको अवस्थामा अहिले त्यसमा आमुल सुधारको सुचक देखिदैछन । जनतासंगको सहाकार्यमा उच्च मनोवल सहित क्रियाशील प्रहरी हुँदा वर्तमान प्रहरी महानिरीक्षकको नेपाल प्रहरीलाई एशियाको उत्कृष्टको प्रहरीको रुपमा देख्ने अभिलाषा छिटै पुराहुने छ आशा गर्न सकिन्छ ।

प्रहरीले शक्तीशालि रहेकाहरुले अपराध गर्दा कारवाही गर्नै सक्दैन भन्ने जनतामा भ्रम थियो । जनताको भ्रम अनि सानालाई ऐन ठुलालाई चैन भन्ने नेपाली उक्तिलाइ समेत गलत सावित गर्दै उनकै नेतृत्वको प्रहरीले तथ्य र प्रमाणको आधारमा सभामुख कृष्ण बहादुर महरा देखी पुर्व मन्त्री समेत रहेका साँसद अफताफ आलम सम्मलाई जेलको चिसो सिढीको अनुभुव गराई दिई रहेका छन भने ठुला व्यक्तिको सहभागितामा भएको अपराधहरु खोतल्दै गरेको सुचना आई रहेका छन, त्यसले नेपाली समाजमा उनले गहकिलो छाप छाड्ने निश्चित देखिएको छ ।

अपराध र अपराधिक प्रवृद्धीका विरुद्ध विवेकपुर्ण निर्ममता अपनाउन सधै निर्देशन दिने महानिरीक्षक खनालले आफ्नो १९ महिने कार्यकालमा घटित अपराधको ९७ ५ सफल अनुसन्धान गरेको पाईएता पनि १४ बर्षे वालिका निर्मला पन्तको वलात्कार पछी हत्या भएको घटनाको दोषी हालसम्म पत्ता नलाग्नुले अपराधी पत्ता लगाएर कानुनको कठघरामा ल्याउने हतारो उनलाइ कति होला भन्ने अनुमान गर्न गार्हो छैन । अनेकन गैरसरकारी सँस्थाहरुको भद्दा चासो र वलात्कार र हत्या जस्तो जघन्य अपराधको घटनामा राजनीतिक छिर्के खेल्ने खेलले गर्दा निष्कर्षमा पुग्न नसकेको त्यो अनुसन्धानको पनि उनकै कार्यकालमा निष्कर्ष निक्लिने संकेतहरु भने देखिएका छन ।

विगतमा पनि उच्च राजनीतिक भ्रमणहरु गराउन कुटनीतिक रुपमा पहलहरु हुन्थे तर भन्न जे भनिए पनि नेपालको सुरक्षा व्यवस्थामा आशँका सँसारकै महत्वपूर्ण मानिने राष्ट्रका प्रमुखहरु नेपाल आउन चाहिं अक्सर आनाकानी गर्ने गर्थे । तर नेपालको स्थिर राजनीति र सुदृढ सुरक्षा व्यवस्थाले नेपालले भोगिरहेको त्यो दुखेसो पनि इतिहास बन्न पुग्यो । नेपालको सवल सुरक्षा व्यवस्थाको जगमा संसारको दोस्रो शक्तीशाली राष्ट्र चिनका महामहिम राष्ट्रपती सि जिङ पिङ्गको भ्रमण हुनु नेपालको निम्ती जति खुसिको कुरा थियो , कुनै सुरक्षा गुनासो बिना भ्रमण सफल हुनु नेपालको निम्ती गर्वको कुरा थियो । सुरक्षाको विषय त्यो सानो विषय थिएन, त्यस्तो महत्वपूर्ण भ्रमणलाइ सहज र सुरक्षित रुपले सम्पन्न गरी नेपाल विश्वकै ख्ख्क्ष्ए हरुको सवारीको लागी सुरक्षीत क्षेत्र हो भन्ने सन्देश दिने काम पनि उनकै नेतृत्वकालमा हुनुले उनको सफलतामा अर्को आयाम थप्यो भन्दा अन्यथा हुनेछैन ।

आफ़ुले भनेको जस्तो नभएपछि त्यसो नगर्नेलाइ असफल र अकर्मण्य देख्ने काम त निरन्तर भैरहन्छ नै , त्यस्तो अतृप्त आत्महरुले लगाउने आरोपबाट उनि पनि अछुतो छैनन । अझै कतिपयले त उनलाइ गुटवन्दीको आरोप लगाउने गरेको पनि सुनिन्छ तर तथ्यहरुले त्यस्तो भन्दैन । नेपाल प्रहरी समग्रतामा एक अनुशासित, एकतावद्ध र आफ्नो कर्तव्य प्रति जिम्मेवार संगठन रहेको बुझेका उनले अग्रजको सम्मान अनि माताहतका जुनिअरहरुलाइ माया सहित जिम्मेवार अभिभावकत्व दिनु आफ्नो धर्म भन्ने बुझेकै देखिन्छ ।

समग्रतामा भन्दा वर्तमान महानिरिक्षेक सर्वेन्द्र खनाल वर्तमान सरकारले अगाडी सारेको सम्वृद्ध नेपाल सुखी नेपालीको सपना पुरा गर्ने एक भरपर्दो सारथी बनिरहेका छन । त्यसो गर्दै गर्दा उनले नेपाल प्रहरीलाइ जनताको सहयोगी संगठनको रुपमा स्थापित गर्दै हिजो भन्दा प्यारो र सम्मानित प्रहरी बनाइरहेका छन ।