रामेछापमा वडा अध्यक्ष पदको लागि ६७ प्रतिशत मत खस्यो

0
Shares

रामचन्द्र बिक, रामेछाप ।

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं –५ प्रितिमा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा ६७ प्रतिशत मत खसेको छ।शनिबार बिहान सात बजेबाट सुरु भएको मतदानमा साँझ ५ बजे सम्म ६७ प्रतिशत मत खसेको हो ।

वडा नम्बर ५ मा १ हजार ७ सय ४८ मतदाता रहेका । मतदानमा ५ सय ८१ जना महिला र ५सय ९१ जना पुरुष गरि १ हजार १ सय ७२ जनाले भाग लिएका छन् । यस अघि भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट कुवेर खत्री वडा अध्यक्षमा निर्वा्चित हुनुभएको थियो ।

तर डेढ बर्ष अघि खत्रीको निधन भएपछि शनिबार उक्त वडामा निर्वाचन भएको हो। अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा यो उपनिर्वाचनमा १ सय ८० जना मतदाताले बढी मतदान गरेका छन् ।

उपनिर्वाचनमा नेकपाबाट कुलबहादुर बस्नेत, कांग्रेसबाट सावित्री सुनुवार, समाजबादी पार्टीबाट राजकुमार सुनुवार र राप्रपा संयुक्तबाट हर्क बहादुर तामाङ उम्मेदवार रहेका छन् ।मतगणना पनि आज बेलुका देखि नै हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।