सरकारले जनताका भावनाअनुसारको काम गरेको छः मुख्यमन्त्री राई


न्युज अफ नेपाल, इलाम ।

प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले जनताका घरदैलोमै तीन तहका सरकार पुगेको बताउनुभएको छ ।

सनिबार प्रदेश नं. १ को पर्यटकीय नगरी सूर्योदय नगरपालिकामा ‘पर्यटकीय महोत्सव’को उद्घाटनमा मुख्यमन्त्री राईले जनताका भावनाअनुसारको काम गर्नका लागि तीन तहका सरकार निर्माण भएकाले अब देश र जनताको हितमा काम हुनेछ भन्नुभयो ।

मुख्यमन्त्री राईले पर्यटकीय सम्भावनाको हिसाबले प्रदेश नं १ निकै धनी रहेकाले भ्रमण वर्ष–२०२० मा राखेको लक्ष्यमा पुग्न प्रदेश सरकार सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

सबै नेपालीलाई आ–आफ्नो संस्कृति र धर्म मान्ने अधिकार रहेको भन्दै उहाँले यस महोत्सवले भ्रमण वर्षको स्वागत गरेको बताउनुभयो ।