त्रिपुरासुन्दरी भगवतीको न्वागी मेला सम्पन्न (फोटोफिचर)

0
Shares

सीताराम अधिकारी, धादिङ ।

नेपालभर न्वागी जात्राको रुपमा परिचित त्रिपुरासुन्दरी भगवती माईको न्वागी मेला शुक्रबार त्रिपुरासुन्दरी गाउँपालिका.४ स्थित सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको जात्रा पुजापाठबाट सुरु भएर बेसीमा न्वागी खाएपछि सकिएको छ ।

नेपालको प्रसिद्ध शक्तिपिठ त्रिपुरा सुन्दरी भगवती माईको हिजो साँझदेखि रातभर पुजा पाठ गरेर आज बिहानै देवीको प्रतीकलाई गा“उको मन्दिर सल्यानकोटबाट बेशीको मन्दिर आगिन्चोकको सल्यानबेसीमा झरिएको छ । मेला त्रिपुरासुन्दरी भगवती माइ घरबाट माइतिमा न्वागी खान जाने परम्परा अनुसार यो जात्रा विशेष साइत हेरेर मंसिर महिनामा जात्रा लाग्ने गरेको छ ।

प्राय देवीदेवताको दर्शन गर्न मन्दिर नै पुग्नुपर्ने भएपनि यो जात्रामा भक्तजनहरुले बाटोमै बसेर भगवतीको दर्शन गर्न पाउँछन् । मंसीर महिनाको विषेश तिथिमा त्रिपुरासुन्दरी भगवतीलाई गाउँको मन्दिर त्रिपुरासुन्दरी गाउँपालिका ४, सल्यानकोटबाट बेसीको मन्दिर त्रिपुरासुन्दरी गाउँपालिका ६ सल्यानबेसीमा सार्ने गरिन्छ ।

रानामगर थरमा मूख्य पुजारीले खाली खुट्टा भगवतीलाई पिठ्युँमा बोकेर झण्डै ३ घण्टाको ओह्रालो तथा अप्ठेरोबाटो हुँदै सोमबार भगवतीलाई बेसीको मन्दिर ल्याइएको हो । यो त्रिपुरासुन्दरी भगवतीको माइति घर भन्ने गरिएको छ ।

त्रिपुरासुन्दरी भगवती माइति घरमा न्वागी खान ल्याइएको फुन महिनासम्म यहि बस्ने बस्ने गर्छिन् । फागुन महिनामा साइत हेरेर पुनः त्रिपुरासुन्दरीलाई माथी आफ्नै घर लाने परम्परा अनुसार यो भब्य मेला लाग्ने गरेको सोही गाउँका सामाजिक अगुवा नारायण तिमल्सीनाले जानाकारी दिनुभयो ।

भगवतीको प्रतीक बेशी झार्दा भक्तजन र पुजारीहरुले खुडा, खुकुरी सहित पञ्चेबाजामा नाँच देखाउँदै दियो, कलश, बोकेर शंख, घण्ट बजाउँदै भगवतीको जयजयकार गाउँदै अविर जात्रा गर्ने गर्छन् । मेलाको आकर्षण नै लइानबेसीमा त्रिपुरासुन्दरी भगवती बोकेर ल्याउँदाको अबसरलाई लिने गरिएको छ । बाटोमा बसेर पुजा गर्ने तर त्रिपुरासुन्दरी माइको मुर्ति हेर्न नहुने र मूख्य पुजारी बाहेक कसैले पनि छुन नहुने परम्परा रहेको गाउँपालिकाका अध्यक्ष शम्भु थापाको भनाइ छ ।

एक वर्षभित्र विभिन्न ३ ओटा मन्दिरमा लगेर राख्ने र त्यही पुजाआजा गर्ने अनौठो र रोचक परम्परा छ । सोही परम्परा अनुसार सल्यानकोटमा रहेको २ वटा मन्दिर मध्ये घटस्थापना देखि कोजाग्रत पूर्णिमासम्म भगवतीलाई पूर्वपट्टिको मन्दिरमा राखेर पुजाआजा गरिन्छ । जुन मामाघरको रुपमा प्रसिद्ध छ । अर्को पश्चिम थुम्कामा रहेको अर्को मन्दिरमा राखेर वर्षमा ८ महिना भन्दा बढी समय भगवतीलाई त्यही पुजाआजा गरिने गरिन्छ । त्रिपुरासुन्दरीको यो घर भएको बताइन्छ ।

यस वर्षदेखि गाउँपालिकाले नै यो मेलाको सम्पूर्ण व्यवस्थापन सुरु गरी यसलाई धार्मिक पर्यटनमो गन्तव्य बनाउने जनाएको छ ।