१३औं सागमा सुरक्षा व्यवस्था चुस्त

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न हुन गइरहेको १३औं दक्षिण एसियाली खेलकुद(साग)मा सुरक्षा व्यवस्था चुस्त पारिएको बताउनुभएको छ।

खेलकुद प्रचारप्रसार तथा प्रकाशन समितिद्वारा बुधबार सोल्टी होटलमा आयोजित पत्रकार सम्मेलनमा सुरक्षा व्यवस्थापनबारे जानकारी दिँदै सुरक्षा समितिका संयोजकसमेत रहनुभएका प्रहरी महानिरीक्षक खनालले उक्त कुरा बताउनुभएको हो।

सागलाई सुरक्षित एवम् सफलतापूर्वक सम्पन्न गर्नका लागि सुरक्षा निकायका सबै निकायहरुसँग समन्वय गरी विशेष सुरक्षा रणनीति तयार पारिएको जानकारी दिँदै प्रहरी महानिरीक्षक खनालले विशेष अतिथि तथा खेलाडीलाई विमानस्थल, निवासस्थान खेलमैदानका साथै समारोहस्थलमा समेत सुरक्षा व्यवस्था एवम् ट्राफिक व्यवस्थापनलगायतमा सुरक्षा योजना तयार गरिएको बताउनुभयो।

साथै संवेदनशील स्थानहरुमा स्ट्राइकिङ तथा रिजर्भ टोली तयारी अवस्थामा राखिने उहाँले उल्लेख गर्नुभयो। त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा सुरक्षा समन्वय डेक्स तथा खेल हुने सबै स्थानमा सुरक्षा कमान्ड पोस्ट स्थापना गरिने बताउँदै प्रहरी महानिरीक्षक खनालले खेल अवधिभर सुरक्षाका विशेष संयन्त्र अपनाइने उल्लेख गर्नुभयो।्