प्रभु बैंकको पिंगलास्थान नयाँ शाखा


काठमाडौं, (नेस)। 

प्रभु बैंकले काठमाडौं महानगरपालिका–८ गौशालास्थित पिंगालास्थानमा आफ्नो १९७ औं शाखा सञ्चालनमा ल्याएको छ। बैंकको पिंगालास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उद्घाटन गर्नुभएको हो।

बैंकको पिंगालास्थान शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुने भएकाले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले विश्वास लिएको छ।