देवः विकास बैंकका दुई शाखा थप


काठमाडौं, (नेस)।

देवः विकास बैंकले कावासोती नयाँ शाखा स्थापना गरेको छ। उक्त शाखा बैंक सञ्चालक समितिका सदस्य सुदनरत्न बज्राचार्यले उद्घाटन गर्नुभयो। कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै बज्राचार्यले द्रुत आर्थिक गतिविधिमा अग्रसर नवलपुर क्षेत्रको आर्थिक विकासमा हातेमालो गरी स्थानीयसँगको सम्बन्धलाई अझ मजबुत बनाउन यस क्षेत्रमा थप शाखा संचालनमा ल्याएको जानकारी गराउनभयो।

अर्का सञ्चालक समितिका सदस्य विजयराज शर्मा भुसालले बैंक साना तथा मझौला व्यवसायमा केन्द्रित रहने जानकारी गराउनुभयो।यसैगरी देवः विकास बैंकले धादिङकोे धादिङवेशी शाखा सञ्चालक समितिका सदस्य विजयराज शर्मा भुसालले उद्घाटन गर्नुभयो।