मेगा बैंकलाई आईएसओ प्रमाण–पत्र


काठमाडौं, (नेस)।
मेगा बैंक नेपालले आईएसओ प्रमाणपत्र प्राप्त गरेको छ। बैंकले आईएसओ ९००१ः२०१५ प्राप्त गरेको हो। अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस) ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत बुधबार प्रमाणपत्र प्रदान गरेको हो।

सञ्चालनको छोटो अवधिमै एक लोकप्रिय एवं प्रतिष्ठित संस्थाको परिचय बोक्न सफल मेगा बैंकले आधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रूपमा आइएसओ प्रमाण पत्र पाएको हो।

मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउन्टर, ११२ वटा एटीएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ केन्द्र छन्। बैंकको आफ्नै विप्रेषण प्रविधि मेगा रेमिटमार्फत करिब २ हजार ५ सयभन्दा अधिक प्रतिनिधि रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ।