एडमार्कका विद्यार्थीको अगुवाइमा रक्तदान

0
Shares

काठमाडौं, (नेस) ।

एडमार्क कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ८० जना सहभागी भएका छन्। कलंकीस्थित कलेज परिसरमा विहीवार आयोजित कार्यक्रममा ५८ पुरुष र २२ महिलाले रक्तदान गरे।

स्नातक तहको मानविकी संकाय (बीए तेस्रो वर्षका)का विद्यार्थीको अगुवाईमा भएको रक्तदानमा शिक्षक, विद्यार्थी र अभिभावक सहभागी भएका कलेज प्रशासनले जनाएको छ। रक्तदातालाई कलेजका अध्यक्ष पुरुषोत्तम अधिकारी र प्रिन्सिपल शिवप्रसाद अधिकारीले प्रमाणपत्र प्रदान गर्नुभयो।

विगतदेखि नै विद्यार्थीको अगुवाईमा रक्तदान कार्यक्रम हुँदै आएको बताउँदै प्रिन्सिपल अधिकारीले भन्नुभयो– ‘यस पटक सोसियल वर्क’ (सामाजिक कार्य) विषयका विद्यार्थीले यस्तो कार्यक्रम आयोजना गरेका हुन्।’ रक्तदानसहित अन्य सामाजिक गतिविधीमा पनि विद्यार्थीको सक्रियता रहँदै आएको उहाँले बताउनुभयो।