दाता गुरुलाई सम्मान

0
Shares

काठमाडौं (नेस)।

नेपाली पत्रकारिताकागुरु गोकुल पोखरेललाई उहाँले लेखनवृत्तिका लागि प्रदान गर्नुभएको एक लाख रुपियाँको सहयोगका लागि नेपाल विज्ञान फाउण्डेसन कोषका तर्फबाट डा. प्रमोद ढकालले गैरआवासीय नेपाली संघका तर्फबाट एक कार्यक्रमकाबीच बुधबार सम्मान गर्नुभएको छ।

‘एक लाख रकम ठूलो होइन, तर यसले ग्रामीण क्षेत्रमा भएका वैज्ञानिक गतिविधिको रिपोर्टिङ गर्ने पत्रकारलाई लेखन वृत्ति दिंदा यस क्षेत्रमा तरंग सिर्जना हुन्छ भन्ने मेरो विश्वास छ’ ८५ वर्षीय वरिष्ठ पत्रकार तथा प्रशिक्षक पोखरेलले भन्नुभयो।

गैरआवासीय नेपाली संघको कार्यालय बालुवाटारमा नास्टका विद्वान सदस्यहरूको उपस्थितिमा उहाँलाई सम्मान गरिएको थियो। कार्यक्रममा नास्टका वर्तमान उपकुलपति तथा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा. सुनीलबाबु श्रेष्ठ, काठमाडौं विश्वविद्यालयबाट हालै अवकास लिनुभएका प्रा. रमेशमान मास्केलगायतका व्यक्तिहरूले विज्ञानका क्षेत्रमा सबै मिलेर काम गर्नुपर्ने आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो।