मेडिसिटीको रेडियोलोजीमा आर्टिफिसियल इन्टेलिजेन्स

0
Shares

काठमाडांै, (नेस)। 

नेपाल मेडिसिटी अस्पतालले संसारकै उत्कृष्ट इजरायली जेब्रा मेडिकल भिजनसँग साझेदारी गरेको छ। जुन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सहितको रेडियोलोजीका लागि संसारकै उत्कृष्ट मानिन्छ। यसबाट नेपालीहरूले स्वदैशमै उच्च गुणस्तरीय परीक्षण प्राप्त गर्न सक्ने अपेक्षा गरिएको अस्पतालले जनाएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले आउँदो दशकमा हाम्रो जीवनको हरेक पक्षलाई परिवर्तन गर्दै छ ।जसको वास्तविकता विशेष गरी चिकित्सा क्षेत्रमा धेरै स्पष्ट छ। रेडियोलोजी र मेडिकल इमेजिंगको क्षेत्रमा एआईले ठूलो प्रगति गरेको छ।

युएस एफडीएका धेरै अनुमोदनहरूका अनुुसार रोगको परीक्षण हुने तरिका तथा यसको निदानको तरिका परिमार्जित हुँदै आएको छ। नेपालबाट प्रत्येक वर्ष ३ देखि ४ लाख नेपाली नागरिकहरू स्वास्थ्य उपचारका लागि विदेश जाने गरेकाले नेपालबाट ठूलो धनराशि पनि विदेशिने गरेको छ।

यसरी विदेशिने प्रमुख कारण भनेको सही परीक्षण र उपचार नै हो। स्वदेशमै सबै स्थानका समान उपचार प्रदान नहुनु अर्को समस्या हो मेडिसिटीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

नेपाल मेडिसिटीको रेडियोलोजी तथा इमेजिङ केन्द्र वरिष्ठ रेडियोलोजिस्ट डा. रामकुमार घिमिरेको नेतृत्वमा रहेको छ। यस विभागमा आर्टिफिसियल इन्टेलिजेन्ससहितको थप सुरक्षित र गुणस्तीय एवं विशिष्ट सेवा प्रदान गर्न हामी तयार भएका छौं

मेडिसिटीले पहिलो चरणमा इन्ट्राक्रेनियल हेमोरेज, अस्टियोपोरोसिस र हड्डी सम्बन्धि समस्याको रोकथामका लागि विशेष एल्गोरिथमहरू लागू गर्दै छ भने निकट भविष्यमा क्याल्सियम स्कोरिंगको साथ अपग्रेड गरिनेछ जसले हृदय रोग, एन्फाइसेमा र कलेजोमा असर सम्बन्धि समस्या पत्ता लगाउन सहयोग गर्नेछ।