नयाँ भूमि विधेयक आउँदै

0
Shares

काठमाडौं, (नेस)।

सरकारले गुठीसमेत समेटेर नयाँ भूमि विधेयक ल्याउने भएको छ।मन्त्रिपरिषद् बैठकका निर्णयबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार भेटमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नयाँ विधेयक ल्याउन भूमि सुधार मन्त्रालयलाई सैद्धान्तिक सहमति दिइएको बताउनुभयो।

‘गुठीको जग्गासम्बन्धी कुराहरू छन् तर कति संविधानका अधिकार र उत्पादकत्वका विषय छन्’, बास्कोटाले भन्नुभयो– ‘भूमिको वैज्ञानिक प्रयोग बढाउन भूमिसम्बन्धी एकीकृत विधेयक बनाउन सैद्धान्तिक सहमति दिइएको छ।’

यसअघि सरकारले गुठीसम्बन्धी छुट्टै विधेयक ल्याएको थियो। सो विधेयकको चौतर्फी विरोध भएपछि सरकारले विधेयक फिर्ता लिएको थियो।यसै गरी, नेपाल–भारत पारवहन सन्धि पुनरावलोकनसम्बन्धी सहसचिवस्तरीय बैठकका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालको संयोजकत्वमा १० सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको मन्त्री बास्कोटाले बताउनुभयो।