ब्याडमिन्टन संघलाई प्रतिभा सम्मान पुरस्कार

0
Shares

नेपाल समचारपत्र, काठमाडौं।

युवा तथा खेलकुद मन्त्रालयद्वारा प्रत्येक वर्ष प्रदान गर्दै आइरहेको राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कारबाट नेपाल ब्याडमिन्टन संघ सम्मानित भएको छ।
युवा तथा खेलकुद मन्त्रालयमा बुधबार युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले यस वर्ष संघतर्फको पुरस्कार ब्याडमिन्टन संघलाई प्रदान गर्नुभयो। नगद १ लाखसहित प्रशंसापत्र संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले प्राप्त गर्नुभएको हो।

राष्ट्रिय प्रतिभा सम्मान पुरस्कार प्राप्त गर्ने खेलाडीहरूमा करण केसी (क्रिकेट), रजनी श्रेष्ठ (शारीरिक सुगठन), सावित्रा भण्डारी (फुटबल), भुवन सार्की (तेक्वान्दो), हिमाल अर्याल (पारा क्रिकेट), अनु अधिकारी (कराँते), विक बहादुर थामी (कराँते) हुन्।

यस्तै प्रशिक्षकतर्फ जगदिश भट्ट (भलिबल), निर्णायकतर्फ सुदिश पाण्डे (फुटबल), व्यवस्थापकतर्फको पुरस्कार शैलेन्द्र राउत (प्याराग्लाइडिङ) छन्।प्रत्येक पुरस्कृतले नगद १ लाखसहित प्रशंसापत्र प्राप्त गर्नुभयो।

खेलाडीतर्फ अनु अधिकारी र विक बहादुर थामीले ५०/५० हजार प्राप्त गर्नुभएको थियो। पुरस्कार छनोट समितिले दिइएको अंकका आधारमा दुवैले समान अंक प्राप्त गरेकाले दुवैलाई ५०/५० हजार प्रदान गरिएको समितिका सदस्यले जानकारी गराए।