एपीएफ फाइनलमा

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाल एपीएफ क्लब राजधानीमा जारी तेस्रो संस्करणको चन्द्रागिरी मेयर गोल्डकप ‘ए’ डिभिजन फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको निकै नै रोमाञ्चक प्रतिस्पर्धात्मक सेमिफाइनल खेलमा थ्री स्टारलाई सडनडेथमा ९–८ ले पराजित गर्दै एपीएफ फाइनलमा पुग्यो।

योसँगैं विभागीय टोलीले अर्को विभागीय टोली पुलिससँगको भेट पक्का गरेको छ। निर्धारित र अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसक्दा खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। शुरुआती पाँच पेनाल्टीमा दुवै टोलीबाट समान ४ गोल भएको थियो।