डिस होममा भलिबलको प्रत्यक्ष प्रसारण

0
Shares

काठमाडौं, (नेस)।

नेपालकै पहिलो र एक मात्र स्पोर्टस च्यानल एक्सन स्पोर्टसमा १३औं दक्षिण एसियाली खेलकुद(साग) अन्तर्गत भलिबल खेलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
१३औं संस्करणको सागअन्तर्गत हुने भलिबल प्रतियोगिताका सम्पूर्ण खेल मंसिर ११ गते देखि १७ गतेसम्म डिस होेमको एक्सन स्पोर्टस च्यानल नं. १०५ एसडी र ९९१ एचडी मा प्रत्यक्ष प्रसारण हुनेछ।

जसअन्तर्गत बुधबार सम्पन्न नेपालबिरुद्ध बङलादेशको महिला तथा पुरुष भलिबल प्रतियोगिता प्रसारण गरिएको छ। ‘नेपालले खेल्छ नेपालीले हेर्छ’ भन्ने मुख्य नाराका साथ प्रसारण भइरहेको एक्सन स्पोर्ट्स च्यानलले आफ्नो स्थापनाकालदेखि नै नेपालमा आयोजना हुने हरेक खेलहरूलाई नेपाली दर्शक माँझ पुर्याउँदै आएको छ।