एनसेल मेला ६ शहरमा हुने

0
Shares

एनसेल प्रालिले देशको विभिन्न ६ वटा शहर मा एनसेल मेला २०७६ आयोजना गर्ने घोषणा गरेको छ। यो मेला इटहरी, बिर्तामोड, जनकपुर, वीरगन्ज, धनगढी र बुटवलमा आयोजना गरिने एनसेलले जनाएको छ।
एनसेलले यो मेला आफ्नो ब्रान्डको सार ‘आज, भोलि, सधैंसँगै’ को अनुरुप आयोजना गर्न लागको हो र यसले नेपाल भ्रमण वर्ष २०२० लाई सघाउ पुर्याउदै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य पनि राखेको छ।
चर्चित कलाकार तथा सांगीतिक समुहहरूको प्रस्तुती, किड्स जोन, गेम स्टलहरू र फुड स्टलहरूसँगै विविध मनोरञ्जनात्मक कार्यक्रमहरूले भरिपूर्ण यो एक दिने एनसेल मेलाको शुरुवात इटहरीबाट हुनेछ।
मंसिर २८ गते इटहरीको जनता माध्यामिक विद्यालयको फुटवल मैदानमा, मंसिर ३० गते बिर्तामोडस्थित सुगम पेट्रोल पम्पको मैदान, पुष ३ गते ( जनकपुरको बाह्र बिगा मैदान र पुस ५ गते वीरगन्जको आदर्शनगर रंगशालामा आयोजना गरिनेछ।
त्यसैगरी यो एनसेल मेला पुस ९ गते धनगढीको सुदूरपश्चिमाञ्चल एसपी चौकी मैदानमा आयोजना हुनेछ भने पुस १२ गते बुटवलको सिद्धेश्वरी स्कुल मैदान दीपनगरमा आयोजना पछि समापन हुनेछ।