रियल स्कुल अफ नेपालको फाइनाल सम्पन्न 

0
Shares

रियल स्कुल अफ नेपाल २०१९ को ग्रान्ड फिनाले र पुरस्कार वितरण सम्पन्न भएकोे छ। ललितपुरको युनाइटेड स्कूल रियल स्कूल अफ नेपाल २०१९ घोषित भएको छ।
 विजयी विद्यालयका सहभागी विद्यार्थीहरू प्रबिज्ञा पाण्डे, सृिष्ट श्रेष्ठ, अशिम केसी, बर्सेन पुन, आयशा सुनुवार र प्रयत्न थापा रहेका छन्। रियल स्कूल अफ नेपालका विजयी विद्यालयले नगद एक लाख रुपियाँ विजयी विद्यालयको प्रत्येक सहभागी विद्यार्थीले एक ल्यापटप प्राप्त गरेका छन्।
त्यस्तै सिनियर समूह एक्सटेम्पोरः रबिन्स खनाल, ज्ञानकुञ्ज हायर सेकेन्डरी स्कूल, काठमाडौ पश्चिम, डान्सः समिक्षा राई, टाइमलाइन स्कूल, काठमाडौ पूर्व, फुटबल जगलिङः अशिम केसी, युनाइटेड स्कूल, ललितपुर रहेका छन्।
त्यस्तै जुनियर समूहतर्फ पेन्टिङमा आयशा सुनुवार, युनाइटेड स्कूल, ललितपुर, (थ्री) ३ मिनेट टु फेमः आयुषामा राई, टाइमलाइन स्कुल, काठमाडौ पूर्व स्कोर द रियल गोलः प्रयत्न थापा, युनाइटेड स्कूल, ललितपुर रहेका छन्।