आइएमई जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा रेग्मी

0
Shares

आइएमई जनरल इन्स्योरेन्सको सञ्चालक समितिले कम्पनीमा नायब महाप्रन्धक पदमा कार्यरत शरण रेग्मीलाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ।
विगत २७ वर्षदेखि निर्जीवन बीमा तथा वित्त क्षेत्रमा कार्यरत रेग्मीले तत्कालीन एनआईडीसी क्यापिटल मार्केटमा २ वर्ष, युनाइटेड इन्स्योरेनस कम्पनी (नेपाल) लिमिटेडमा ७ वर्ष, सगरमाथा इन्स्योरेन्समा ८ वर्ष, सिद्धार्थ डेभलपमेन्ट बैंकमा ६ वर्ष र आइएमई जनरल इन्स्योरेन्समा ४ वर्ष कार्य गरेको अनुभव रहेको छ।
रेग्मीलाई आइएमई जनरल इन्स्योरेन्स सञ्चालक समितिले मंसीर १० गतेदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा नियुक्ती गरेको हो।