प्रभु बैंकले डिबेन्चर निष्काशन गर्ने


प्रभु बैंकको ‘प्रभु बैंक डिबेन्चर २०८४’ २ अर्ब रुपियाँबराबरको डिबेन्चर १० प्रतिशत ब्याजसहित आठ वर्षको लागि निष्काशन गर्न नबिल इन्भेष्टमेन्ट बैंकिङलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ।
कुल २० लाख कित्ता डिबेन्चरमध्ये १२ लाख कित्ता डिबेन्चर व्यक्तिगत तवरबाट र ८ लाख कित्ता डिबेन्चर सर्वसाधारणमा निष्काशन हुने बैंकले जनाएको छ।
डिबेन्चर निष्काशनका लागि बुधबार प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठबीच सम्झौता भएको छ।