अमेरिकालाई अत्यधिक संख्यामा आप्रवासी चाहिन्छ : ब्लुमबर्ग

0
Shares

फिनिक्स, (एजेन्सी)।

अमेरिकाका राष्ट्रपति पदका उम्मेदवार माइकल ब्लुमबर्गले अमेरिकालाई थोरैमा नभएर अत्यधिक संख्यामा आप्रवासीको आवश्यकता भएको बताएका छन्।
डेमोक्र्याटिकबाट राष्ट्रपति उम्मेदवारका प्रत्यासी बन्ने क्रममा आफ्नो दोस्रो चुनाव प्रचारमा न्युयोर्कका पूर्व मेयरले आप्रवासीलाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबन्धात्मक नीति र आप्रवासीद्वारा बहुसांस्कृतिक समाज बनाउने अभियानलाई आफ्नो विचार राखे।

फिनिक्सको मेक्सिकन रेस्टुरेन्टमा सञ्चार माध्यमसँग देशको आवश्यकताको हिसाबले फरकफरक प्रकारको रोजगारीका लागि अमेरिकालाई आप्रवासीको आवश्यक रहेको उनले बताए।

‘आप्रवासीले हाम्रो संस्कृति राम्रो हुनेछ , हाम्रो पवित्र शैली राम्रो हुनेछ, हाम्रो धर्म र अन्य देशसँग हाम्रो सम्बन्ध पनि राम्रो हुनेछ र यसबाट निश्चित रुपमा हाम्रो अर्थतन्त्रमा सुधार आउनेछ’, ब्लुमबर्गले बताए।

ट्रम्पको नीतिमाथि निसाना बनाउँदै ट्रम्पको नीतिका कारण सीमामा मान्छेहरु आफ्नो परिवारबाट बिछडिएको उनले बताए। बच्चालाई उनीहरुका मातापिताबाट टाढा राख्नु लज्जास्पद कुरा भएको उनले थपे।

ब्लुमबर्गले न्युयोर्कको स्टप एन्ड फ्रिस्क पोलिसी स्टेटजीलाई समर्थन दिएकोमा पुन माफी मागे। उनले भने– ‘यो एक गल्ती थियो तर यसले न्युयोर्कमा हत्याको दरमा कमी पनि आएको छ।’

कुनै पनि निर्वाचित व्यक्तिले आफूले गल्ती गरेको बताउने कति जना छन् भन्ने प्रश्न राख्दै कोही पनि सबै कुराबाट पूर्ण रुपमा सही हुन नसक्ने उनले बताए। ‘जे जस्तो भयो त्यसका लागि म माफी माग्छु। म इतिहासलाई फेरि लेख्न सक्दिन। आउनुस् योसँगै अगाडि बढ्ने प्रयास गरौं।’

ब्लुमबर्ग न्युयोर्क सिटीका पूर्वमेयर हुन् र उनी राष्ट्रपति पदका उम्मेदवार हुन्। उनी जलवायु परिवर्तनविरुद्ध काम गर्ने कार्यकर्ताका रुपमा चिनिन्छन्।