साउथवेस्टनले गर्यो महिलाहिंसाविरुद्ध र्याली

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

बसुन्धरा स्थित साउथवेस्टन स्कुलका कक्षा ९ का विद्यार्थी र महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र गोङ्गबु र सामुदायिक सेवा केन्द्र बाँसवारीको सहकार्यमा महिला हिंसा विरुद्ध र्याली निकालेको छ।

साउथवेस्टन स्कुलका कक्षा पाँचदेखि कक्षा दशसम्मका विद्यार्थीहरू ब्यानर र प्लेकार्डसहित सहभागी भएको उक्त कार्यक्रम गोङ्गबुको बीजी मल नजिक पुगेर अनौपचारिक कोणसभाबाट समापन भएको थियो।

टोखा नगरपालिका ९ का वडाध्यक्ष जोगप्रसाद नेपालले कोणसभालाई सम्बोधन गर्नु भएको थियो। सोही क्रममा महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रहरी नायब उपरीक्षक उमेश लम्सालले महिला हिंसा अन्त्यको लागि सबैले हातेमालो गर्न आग्रह गर्नुभयो।

कार्यक्रममा महिला मन्चकी भूमिका सुवेदीले महिला हिंसाका प्रवृत्तिहरू प्रष्ट पार्दै यसको अन्त्य हुनुपर्ने कुरामा जोड दिनुभएको थियो। देवमाया आचार्यले महिला हिंसासँगै पुरुष हिंसा पनि अन्त्य गर्नुपर्ने बताउनुभयो।

सामुदायिक सेवा केन्द्र गोङ्गबुका अध्यक्ष राकेश सिंहले यस्तो कार्यक्रम आयोजना गरेकोमा साउथवेस्टन स्कुलको प्रशंसा गर्नुभएको थियो। साउथवेस्टन स्कुलका अध्यक्ष टीकाराम महराले विद्यालयले पढाइका अतिरिक्त विद्यार्थीहरूलाई खेलकुद, समाजसेवा र राष्ट्रिय चासोका कार्यक्रमहरूमा सहभागी हुन् प्रोत्साहन गर्ने गरेको कुरा दर्साउनु भएको थियो।

कार्यक्रममा साउथवेस्टन स्कुलका विद्यार्थीहरूले कविता, नृत्य र सडक गीति नाटकमार्फत महिला हिंसा अन्त्यको लागि आव्हान गरेका थिए। साउथवेस्टन स्कुलको कक्षा दशमा अध्ययनरत छात्रछात्रा डेनियल शेरचन र इशु बस्नेतले कोणसभाको कार्यक्रम सञ्चालन गरेका थिए।

कक्षा नौमा अध्ययनरत छात्रा स्वस्तिका ढकालले स्वागत मन्तव्य राख्दै नारीहरूको सम्मान गर्दा देश सम्मानित हुने विचार राखेकी थिइन्। साथै विद्यार्थी सिद्धान्त घिमिरेले ‘महिला हिंसा अन्त्य गरौँ’ शीर्षकमा कवितावाचन गरेका थिए।

‘अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस’ को अवसरमा विश्वका विभिन्न देशमा जस्तै नेपाल सरकारले विगतका वर्षमा ‘महिला हिंसा विरुद्धको १६ दिने अभियान’ सञ्चालन गर्दै आएको छ भने यसवर्ष ‘महिला हिंसा विरुद्धको वर्ष अभियान’ को कार्यक्रम सञ्चालनमा रहेको छ ।