स्थानीय र प्रहरीबीच अन्तरक्रिया

0
Shares

ललितपुर, (नेस)।

ललितपुर महानगरपालिका २० स्थित पिम्बहाल तथा छायबहालटोलमा प्रहरी र स्थानीय बीच अन्तक्र्रिया गरिएको छ। जगमुदु पुंखु क्षेत्र विकास क्षेत्र विकास समितिका अध्यक्ष उत्तमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यकमको प्रमुख अतिथ्यता अध्यक्ष चन्द्र महर्जनले गर्नुभएको थियो।

टोलमा भइरहेको विकृति, लागु पदार्थ दुव्र्यसनिको समस्या लगायतका विषयमा चासो दिईएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि महर्जनले टोलमा घट्ने यस्ता घटनालाई जरै देखि निर्मूल पार्नुपर्ने बताउनुभयो।

सो अन्तक्र्रिया कार्यक्रममा मंगलबजार प्रहरी प्रभागका प्रहरी निरिक्षक चंन्चलाल श्रेष्ठ तथा प्रहरी प्रभाग पुल्चोकका प्रहरी निरीक्षक पूर्णीमा चन्दले सामाजिक कार्यक्रमा तथा जनसेवा गर्ने कार्यमा प्रहरी सधैं तल्लिन भइरहेको बताउनुभयो।

यस्तै अन्तरक्रिया कार्यक्रममा समाजका विकृति निर्मूल पार्नकालागि टोलबासी सबै जागरुक हुनुपर्ने निष्कर्ष निकालिएको थियो।