भूर्गवविद् प्रा.मल्लको निधन

0
Shares

काठमाडौ (नेस)।

वरिष्ठ भूगर्वविद् प्राध्यापक उपेन्द्रमान मल्लको ८७ वर्षको उमेरमा आफ्नै निवास कुपण्डोलमा निधन भएको छ।स्व. प्राध्यापक खड्गमान मल्ल र स्व.प्राणमाया मल्लका जेठा छोराको रूपमा वि.स. १९८९ साल अर्थात २६ नोभेम्वर, सन् १९३२ मा काठमाडौंको वटु गुच्चाटोलमा जन्मिएका प्रा.मल्ल आफू जन्मेकै दिन अर्थात २६ नोभेम्वरकै दिन (२६ नोभेम्वर, २०१९) मंगलबार विहान हृदयाघातको कारण निधन भएको थियो।

कुपण्डोलस्थित आफ्नै निवासको शौचालयमा बसेकै अवस्थामा हृदयाघात भई प्रा.मल्लको निधन भएको उहाँका भाई वरिष्ठ शल्यचिकित्सक सहायक रथि डा.मदनमान मल्लले बताउनुभयो।

स्व.मल्लको पार्थीव शरीरलाई मंगलबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो। स्व.मल्लका एकमात्र छोरा सुरेशमान मल्लले उहाँको पार्थीव शरीरमा दागवत्ती दिएका थिए।