लाखेनाच संरक्षण गर्दै युवा

0
Shares

संखुवासभा, (नेस)।

संखुवासभाको चैनपुरमा नेवार समुदायको जातीय पहिचानमा रहेको लाखे नाच प्रतियोगिता सम्पन्न भएको छ। शनिबारबाट कला, संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धनभन्ने मूल नाराका साथ लाखे नाच प्रतियोगिता शुरू भएको थियो।

पौराणिक कालमा काठमाण्डौं उपत्यकाका नेवार समुदायको धर्म, संस्कृतिको रूपमा लिईने लाखे नाच नेवार समुदाय उपत्यका बाहिर बसाई सरे सँगै जातीय पहिचानको रूपमा लाखे नाच नेवार समुदायले गर्दै आएका ईतिहासविद् प्राडा चुन्दा बज्रचार्यले बताउनु भयो।

नेवार समुदायको धर्म, सस्कृति विविध रहेको र त्यस मध्ये लाखे नाच चाड पर्वमा प्रदर्शन गदै आएकोमा अहिले नेवार समुदायको ईतिहास बोकेको लाखे नाच लोप हुँदै गएपछि ईतिहास र नेवारको संस्कृति जोगाउन लाखे नाच प्रतियोगिता गरिएको समाज सेवा युवाक्लव चैनपुरका अध्यक्ष रन्जन श्रेष्ठले बताउनु भयो।