अमेरिकामा नेपाल भ्रमणको प्रचार

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

अमेरिकामा अध्ययन गरिरहेका नेपाली बिद्यार्थीले ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रचार–प्रसार गर्दै अमेरिकी नागरिकलाई नेपाल भ्रमण गर्न आव्हान गरेका छन्।
गत हप्ता अमेरिकाको मिसौरी राज्यस्थित ड्रुरी युनिर्भ्सिटीमा आर्किटेक्ट ईन्जिीनीयरीङ् अध्ययन गरिरहेकी काठमाण्डौंकी आशिका श्रेष्ठ र सोही युनिर्भ्सिटीमा वित्तशास्त्र अध्ययन गरिरहेका काठमाण्डौंका ननिश श्रेष्ठले युनिर्भिसटीमा आयोजित कार्यक्रममा नेपालको विषयमा जानकारी दिदैं नेपाल भ्रमण गर्न आव्हान गरेका हुन्।

अन्र्तराष्ट्रिय शिक्षा दिवसको अवसरमा युनिर्भ्सिटीद्वारा आयोजित ग्लोब हब कार्यक्रममा नेपाल सम्बन्धी जानकारीमूलक प्रस्तुती दिदैं उनीहरुले विदेशीलाई नेपाल भम्रण गर्न आग्रह गरेका हुन्।

अमेरिकनसहित झण्डै २० मुलुकका विद्यार्थीहरुको सहभागिता रहेको कार्यक्रममा नेपालको भाषा, कला, लोक संस्कृती, सांस्कृतीक र पुरातात्विक सम्पदा, नेपालका हिम श्रृंखला, बुद्ध जन्मस्थल लुम्बिनीलगायत नेपालका पर्यटकीय क्षेत्रका विषयमा जानकारी दिईएको आशिका श्रेष्ठले बताईन्।

साथै नेपाल विश्वकै सर्बोच्च शिखर सगरमाथा र भगवान गौतम बुद्धको जन्मभूमिभएको देशका रूपमा चिनाउँदै उनीहरूले नेपाल सांस्कृतिक र पुरातात्विक सम्पदाले भरिपूर्ण रहेको जानकारी दिएका थिए।

सो अवसरमा आशिका र ननिशको प्रस्तुतीमाथी जिज्ञासा राख्दै कार्यक्रममा सहभागी अमेरिकनहरुले नेपाल भ्रमण गर्ने प्रतिक्रियाबारे सोधेका थिए। नेवारी भेषभुषामा सजिएकी आशिका र दौराशुरवालमा प्रस्तुत भएका ननिशले नेपालको राष्ट्रिय झण्डाका साथमा नेपालसम्बन्धी जानकारीमूलक पोस्टर, तस्बीर, ब्यानरसहित प्रस्तुती दिएका थिए।