सिमाको बिषयमा ढुंगा बोल्ला तर सरकार बोल्दैनः कांग्रेस सहमहामन्त्री महत


न्युज अफ नेपाल, भक्तपुर ।

नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पुर्व परराष्ट मन्त्री डाक्टर प्रकाशशरण महतले राष्ट्रियलाई बचाउन भन्दा भजाउन लागेको आरोप लगाए।

महतले सिमा अतिक्रमण गर्दा सरकार नबोलेको भन्दै राष्ट्रियताको बारेमा बरु ढुंगा बोल्ला तर यो सरकार नबोल्ने भनेर ब्याङ्ग गरेका हुन्।

भक्तपुरमा आयोजित मंसिर १४ गतेको उपनिर्वाचनको अन्तिम चुनावी सभालाई सम्बोधन कांग्रेस सहमहामन्त्री महतले यस्तो बताएका हुन् । हामीले सत्तामा हुँदा भारत र चाइनाले लिपुलेकमा दुई पक्षीय सम्झौता गर्दा गरेको बिरोध सम्झिन पनि सहमहामन्त्री महतले सरकारलाई आग्रह गरे।

महतले यस्ता अराजक तत्वलाई पुन भक्तपुरबासी मतदान गरे सरकार झन अराजक बन्ने भन्दै यसपटक कम्युनिस्टलाई मत नदिएर सबक सिकाउनुपर्नेमा पनि जोड दिए।

सहमहामन्त्री महतले कम्युनिस्टहरुले भक्तपुरमा उम्मेदवारनै नपाएर आयात गरेर उम्मेदवार ल्याएको भन्दै आयातीत उम्मेदवारले समृद्ध भक्तपुरको बारेमा सोच्न नसक्ने जिकिर गरे।

आयातितहरुलाई बहिस्कार गरेर भक्तपुर बासीले भक्तपुरमा कृष्नलाल भडेल लाई जिताउन अपिल समेत गरे। भक्तपुरमा आयोजित चुनावी सभामा सहमहामन्त्री महतले सत्तारुढ दल र नेपाल मजदुर किसान पार्टीका चार दर्जन नेताकार्यकर्तालाई कांग्रेसमा भित्र्याए।