बंगलादेशमाथि नेपालको सानदार जित (भिडियाेसहित)


न्युज अफ नेपाल, काठमाडौँ ।

बुधबार त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा भएको भलिबल खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको छ । नेपालले २५–९, २५–९ र २५–११ ले हाराएको हो ।

बंगलादेशले खेल अवधिभर कुनै समय नेपालमाथि दबाब राख्न सकेनन् । कमजोर देखिएको बंगलादेशमाथि नेपालले पहिलो र दोस्रो सेट समान २५–९ अन्तरले जित्यो । तेस्रो सेटमा बंगलादेशले सुरुवाती समयमा चुस्त प्रतिस्पर्धा दिएपनि सोझो सेटको जित्न सकेन।

नेपालले पहिलो सेटमा सुरुवाती समयम १५–४ को अग्रता कायम गर्दै दबाबमा राखेको थियो । लगातार नेपाल हाबी बन्दै सहज जित हात पार्यो ।

पहिलो सेटमा सरस्वती चौधरीको प्रर्दशन अब्बल रह्यो । दोस्रो सेटमा प्रतिभा मालीले उत्कृष्ट प्रर्दशन गरिन् । नेपाली स्पाइकर र सेटरले प्रहार गरेको सट बंगलादेशका खेलाडीलाई उठाउँनै मुश्किल परेको थियो । नेपालले सर्भिसमा भने केहि गल्ती गर्न पुग्यो ।

समुह ए मा नेपाल, भारत र बंगलादेश रहेका छन् । समुह बी मा श्रीलंका, पाकिस्तान र माल्दिभ्स छन् । नेपालले दोस्रो खेलमा विहीबार स्वर्णको दाबेदार भारतसँग खेल्ने छ ।

भिडियाे तल छ

भिडियाेः उजाेल डंगाेल