मन्त्री यादवले निर्वाचन आचारसंहिता विपरीत मागे भोट


न्युज अफ नेपाल, महोत्तरी ।
उपप्रधान, कानुन तथा संघीय मामिला मन्त्री उपेन्द्र यादवले निर्वाचन आचारसंहिता विपरीत भोट मागेका छन्।

मन्त्री यादवले बुधबार महोत्तरीको पिपरा गाउँपालिका पुगेर समाजवादी पार्टी नेपालका उम्मेदवारलाई जिताउन भोट मागेका हुन्। मंगलबार पनि भक्तपुर पुगेर उनले भोट मागेको समाचार विभिन्न संचार माध्ममा आएको थियो ।

निर्वाचन आचारसंहिताअनुसार बहालवाला मन्त्री उपनिर्वाचन हुने क्षेत्रमा आयोजित कार्यक्रममा सहभागी हुन पाउँदैनन्।