राप्रपा निकट विद्यार्थी संगठन नेकपा प्रवेश

0
Shares

नेपाल समाचारपत्र, भक्तपुर। 

राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन भक्तपुर जिल्ला कमिटी अध्यक्ष प्रतिक लामिछानेको नेतृत्वमा कमिटीका पदाधिकारी एवं सदस्य नेपाल कम्युनिस्ट पार्टी प्रवेश गरेका छन्।

राष्ट्रिय प्रजातन्त्रक पार्टी कमल थापा निकट उक्त विद्यार्थी संगठन जिल्ला कमिटी पवक्ता सन्दीप गिरी, जिल्ला कमिटी सदस्यहरू आशिष लामिछाने, स्वरुप काफ्ले, पुजन लामिछाने, सौरभ ढुंगाना, विवश गिरी, रोशन बस्ताकोटी, अस्मित खडका र मणिराज गिरीलगायत युवा नेकपामा प्रवेश गरेका छन।

नेकपाका केन्द्रीय सदस्य भक्तपुर सहइन्चार्ज एवं चाँगुनारायण नगरपालिका प्रमुख सोम मिश्र, ३ नं. प्रदेश कमिटी सचिवालय सदस्य राजेन्द्र राजथला, आगामी १४ गतेको उपनिर्वाचनका नेकपाका उम्मेदवार डीपी ढकालले उनीहरूलाई टीका, माला लगाई पार्टी प्रवेश गराउनु भएको थियो।

दुईदिन अघिमात्रै पार्टी प्रवेश कार्यक्रममा जिल्लामा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा तथा नेत्रविक्रम चन्द (विप्लव) समूहका गरी ४ सय भन्दा बढी युवाले एकैपटक सांसद महेश बस्नेतको हातबाट टीका, माला तथा खादा लगाएर पार्टी प्रवेश गरेका थिए।

आगामी मंसिर १४ गते भक्तपुर क्षेत्र नं. १ प्रदेश (क) मा हुने प्रदेशसभा सदस्य पदको उपनिर्वाचनको संघारमा विभिन्न पार्टीमा सक्रिय रहेका व्यक्तिहरू पार्टी परित्याग गरी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गर्नेहरूको लर्को चलेको छ।

योसँगै नेकपाका उम्मेदवार ढकालले अत्याधिक बहुमतकासाथ विजयी हुने निश्चित भएको नेकपा अध्यक्ष बचन देउजाले दाबी गर्नुभयो।