चरेशसहित एक पक्राउ

0
Shares

काठमाडौं, (नेस)।

कोटेश्वर जडिबुटीबाट अवैध लागूऔषध चरेस १ केजी २ सय ग्रामसहित भक्तपुर गठ्ठाघर बस्ने ओखलढुङगा चम्पादेवी गाउँपालिका–१० घर भएका शिवप्रसाद ढुङगेललाई प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषधसहित पक्राउ गरेको हो।

त्यसैगरी ललितपुर महानगरपालिका–२ सानेपाबाट अवैध लागूऔषध पोल्यान्ड १ केजी ३ सय ९५ ग्राम, अवैध लागूऔषध गाँजा १ सय ६० ग्राम र गाँजाको हरियो बोट ४ वटासहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सानेपा बस्ने ३५ साइमन श्रेष्ठ, रुपक तुलाधर र आकाश तामाङ रहेका छन्। महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त परिमाणको लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।