हेगमा नेपालको समर्थनमा प्रदर्शन

0
Shares

दीपेन्द्र गजुरेल, स्पेन।

नेदरल्यान्डको हेगस्थित भारतीय दुतावासअगाडि नेदरल्यान्डवासी नेपालीले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गरेका छन।छिमेकी भएर चरम ज्यादती गरेको भारतलाई मित्रवत् व्यवहार गर्न पनि आग्रह गरे।

स्थानीय प्रहरीले ज्ञापनपत्र र नाराबाजी दुवै नगर्न र दुईमा एक गर्न भनेपछि नाराबाजी गर्दै ज्ञापनपत्र हुलाकमार्फत बुझाउने सहभागीले बताए।

भारतीय विस्तारवादविरुद्ध समाजसेवी तथा एनआरएनए नेदरल्यान्डका उपाध्यक्ष हेमकुमार भुजेलले बताए। भुजेलले भने ‘नेदरल्यान्डमा भएका सम्पूर्ण संघसंस्थाका प्रतिनिधिको सहभागितामा यो स्वाधीनताको लडाइमा विश्वभरका नेपालीले भारतीय हस्तक्षेपविरुद्ध चरणबद्ध खबरदारी गर्नुपर्ने बताए।’

नेपाली जनसम्पर्क समिति नेदरल्यान्डका उपाध्यक्ष वेदराम कँडेलले भने ‘भारतीय विस्तारवादको विरुद्धमा सम्पूर्ण न्यायप्रेमी नेदरल्यान्डवासीहरू एक भएर प्रवासबाटै भारतीय हस्तक्षेपको विरोधस्वरुप खबरदारी गर्न आएको बताए।

उपाध्यक्ष कँडेललेले ‘गो ब्याक इन्डिया,’ ‘ज्यान दिन तयार छौं,’ ‘हाम्रो भूमि फिर्ता गर,’जस्ता नाराबाजी गरेको बताए।

यस्तो प्रवासमा बस्ने नेपालीले पनि जन दवाव सिर्जना गर्न भारतीय दुतावासअघि केही सातादेखि दैनिक प्रर्दशन गर्न थालेका छन्।