टेनिसमा पुरस्कार घोषणा

0
Shares

काठमाडौं, (नेस)।

दक्षिण एसियाली खेलकुदको १३औं संस्करणमा सहभागी हुने नेपाली टेनिस खेलाडीलाई काठमाडौं जिल्ला टेनिस संघले मंगलबार नगद पुरस्कार घोषणा गरेको छ।

नेपाल टेनिस संघका केन्द्रीय महासचिवसमेत रहेका काठमाडौं जिल्ला टेनिस संघका अध्यक्ष मनोहरदास मुलले नगद पुरस्कार घोषणा गरेका हुन्। मुलले स्वर्णलाई ५० हजार, रजतलाई ३० हजार र कांस्यलाई २० हजार नगद पुरस्कार प्रदान गर्ने प्रतिबद्धता जनाए।