गोरुसिङ्गे सन्धिखर्क सडक बन्द हुने


न्युज अफ नेपाल, अर्घाखाँची ।

अर्घाखाँचीदेखि अन्य जिल्ला जोड्ने मुख्य सडक गोरुसिङ्गे सन्धिखर्क सडक दशदिन बन्द हुने भएको छ ।

सन्धिखर्क नगरपालिकाको नरपानीदेखि घुम्टीसम्मको सडक खण्डमा भएका साँघुरा घुम्टीहरु फराकिलो बनाउन लागिएकाले मंसिर १० गतेदेखि करिब १० दिन बिहान ७ बजे देखी ११ बजेसम्म र दिउँसो १ बजे देखी ४ बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय शिवपुरले जनाएको छ ।

नरपानीदेखि घुम्टीसम्मको सडक साँघुराे भएको कारण बढि दुर्घटना हुने गरेको ब्यापक जनगुनासा आएकाले बाटो फराकिलो गराउने योजना अनुसार करिब १० दिनसम्म सडक बन्द गरेर काम दुर्तगतिमा अगाडि बढाईने सडक डिभिजन कार्यालय शिवपुर का डिभिजन प्रमुख ईश्वर रिजालले जानकारी दिनु भयो ।

आईतबार सन्धिखर्कमा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको संयोजकत्वमा बढेको यातायात ब्यवसायी सँगको छलफलले सडक निर्माणको लागि बन्द गर्ने निर्णय भएको हो ।