गृह मन्त्रालयको आकस्मिक बैठकः मेडिकल कलेज संचालक पक्राउ गर्ने निर्णय


न्युज अफ नेपाल, काठमाडौ ।

नीजि क्षेत्रबाट संचालित मेडिकल कलेजले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएपछि गृह मन्त्रालयले बुधबारबाट कारबाही थाल्ने भएको छ ।

मंगलबार अपराह्न गृह मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकले बुधबारबाट मेडिकल कलेज तथा सञ्चालकलाई कारबाही थाल्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

अब बुधबारबाट पिडित बिद्यार्थीहरुबाट संचालक बिरुद्ध जाहेरी लिने र ठगी मुद्धा चलाउने निर्णय गरेको उच्च स्रोतले जनाएको छ । यतिबेला मेडिकल संचालकहरु सरकारले दिएको निर्देशनको पालना समेत नगरी कानूनको बर्खिलापमा लागेका छन् ।

सरकारले भने कानून सम्मत काम गर्न पटक पटक समयावधि तोकेर निर्देशन दिँदा समेत अटेर गरि उल्टै बिद्यार्थीहरुमाथि धरपकड, धम्की जस्ता गतिबिधि गरेर देशव्यापी रुपमा बिद्यार्थी, अभिभावक, बुद्धिजिबी स्थानिय उतारेर कलेजलाई युद्ध भूमिका रुपमा बन्दुक र गोलीका खोका प्रदर्शन गर्दै सिसि क्यामरा समेत हतिर राखुञ्जेल बन्द गर्ने, बिद्यार्थीले ताला लगाएको कलेजले झ्यालबाट छिरेर अबैध रुपमा लिएको शुल्कको प्रमाण नष्ट गर्न कर्मचारी परिचालन गर्ने जस्ता हर्कत गरेका छन् ।

कानून पैसा र शक्ति हुनेले पालना गर्नुनपर्ने सर्वसाधारणले मात्र पालना गर्नुपर्ने भन्ने गलत सोच बोकेका केही मेडिकल कलेज संचालकहरुलाई कानूनको दायरामा ल्याई कारवाही गर्नुपर्ने माग यतिबेला आम मानिसको भएको छ ।

मंगलबार गृह मन्त्रालयमा बसेका आकस्मिक बैठकमा गृहमन्त्री रामबहादुर थापा, शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, महान्यायाधीवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, चिकित्सा शिक्षा आयोग उपाध्यक्ष श्रीकृष्ण गिरीलगायत व्यक्तित्वहरुको उपस्थिति रहेको बुझिएको छ ।