गुल्मीमा जिप दुर्घना हुँदा एक महिलाको मृत्यु, चार घाइते


न्युज अफ नेपाल, गुल्मी ।

गुल्मीमा जिप दुर्घना हुँदा एक महिलाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन्।

गुल्मीको रिडीदेखि सत्यवती गाउँपालिकाको ठूलोलुम्पेक जाँदै गरेको लु १ ज २७८४ नम्बरको जिप बुटिस गैरामा दुर्घटना भएको हो । मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ सिंदीकी ६८ वर्षीया ललिति सिंजाली रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेहरूमा २३ वर्षीया साजन राहदी, २२ वर्षीय देवबहादुर विक, २३ वर्षीय अनिल विक र ७ वर्षीय वीरेन्द्र सिंजाली रहेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि चालक कपिल विक फरार रहेको रहेका छन्। घाइतेहरूलाई उपचारका लागि पाल्पा पठाइएको छ।

जिप सडकदेखि करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ। घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।