दाङमा बस दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, १२ घाइते


न्युज अफ नेपाल, दाङ ।

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालकसहित अन्य १२ जना घाइते भएका छन्।

दाङको पहाडी भेगमा पर्ने बंगलाचुलीको बचेनीमा मंगलबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा अन्दाजी २५ वर्षीया महिलाको मृत्यु भइको हो। उनको परिचय खुलेको छैन। घाइतेहरुलाई अहिले उपचारका लागि दाङको घोराहीतर्फ ल्याउने काम भइरहेको प्रहरीको जानकारी दिएको छ।

दाङको घोराहीबाट प्यूठानको ढिकावनका लागि छुटेको ना ३ ख ६५४२ नम्बरको यात्रुवाहक बस घोराही–प्यूठान सडकखण्डको बचेनीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

बस सडकबाट ५० मिटर तल खसेको छ।