पर्वतमा दोस्रो प्रदेशस्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने


न्युज अफ नेपाल, पर्वत ।

पर्वतमा दोस्रो गण्डकी प्रदेशस्तरिय खुल्ला ब्याडमिण्टन प्रतियोगिता आयोजना गरिने भएको छ ।

पर्वत ब्याडमिण्टन संघ पर्वतले मंसिर २६, २७ र २८ गते प्रदेशस्तरिय ब्याडमिण्टन प्रतियोगिता आयोजना गर्न लागेको हो ।
सदरमुकाम कुश्मा बजार स्थितसंघको हलमा आयोजना गर्ने लागिएको प्रतियोगितामा गण्डकी प्रदेशका ११ वटै जिल्लाको सहभागिता रहने संघका अध्यक्ष प्रेम गुरुङ माईलाले जानकारी दिनुभयो ।

प्रदेशस्तरीय प्रतियोगितामा ए, बि र सि समुहका खेलहरु हुनेछन । यो समुहले १ सय भन्दा बढी समुहले भाग लिने अनुमान गरिएको उहाँको भनाई छ ।

संघले प्रतियोगितामा पहिलो हुने समुह तर्फका विजेताले नगद ४० हजार सहित सिल्ड र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार शिल्ड र मेडल प्राप्त गर्ने छन ।

समुह बीमा प्रथम हुनेले २०, द्वितियले १५ र तृतिय हुनेले १० हजार पुरस्कारको ब्यबस्था गरिएको छ । समुह सी लाई भने १५,१० र ५ हजार पुरस्कार पाउनेछन ।

राष्ट्रिय सिङ्गल तथा डबल भेट्रान प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगितामा मुलकभरका ४५ बर्ष उमेर माथिका खेलाडीहरुले भाग लिन पाउने छन् ।

भेट्रान्स तर्फ प्रथम हुनेले ३०, द्धितियले १५ र तृतियले १० हजार पुरस्कार पाउनेछन भने सिङ्गल तर्फ १०,५ र ३ हजार पुरस्कारको ब्यबस्था गरिएको छ ।

संघले गत बर्ष पनि गण्डकी प्रदेश स्तरिय ब्याडमिण्टन प्रतियोगिता आयोजना गरेको थियो । पर्वतमा पछिल्लो समय व्याडमिण्टन प्रतिको आकर्षण बढिरहेको बेला त्यसलाई थप उर्जा दिन प्रतियोगिता आयोजना गरेको व्याडमिण्टन संघ पर्वतका अध्यक्ष गुरुङले बताउनुभयो ।