दुई थान पेस्तोलसहित अहमद मियाँ पक्राउ


सुभेन्दर दास, लहान ।

सिरहाको कल्याणपुर नगरपालिका वडा नं.२ चतरीघाटबाट प्रहरीले एकलाई दुई थान पेस्तोलसहित पक्राउ गरेको छ ।

जिल्‍ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले कल्याणपुर नगरपालिका वडा नं.३ इटारी पर्साही वस्ने नथुनी २१ बर्षीय अहमद मियाँलाई पक्राउ गरेको हो ।

मियाँलाई बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट मेडईन युएसए लेखेको ७ एमएम को स्वचालित एक थान पेस्तोल र खाली म्यागजिन १ थान फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रहरी टोलीलाई देखी नजिकै रहेको धान खेतमा मियाले नै फालेको एफइटीआरआई बीआरएटीए युएसए ९ एमएम लेखेको स्वचालित पेस्तोल १ थान र खाली म्यागजिन थान १ समेत गरी जम्मा २ थान पेस्तोल र २ थान म्यागजिनहरु सहित निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।