जीप र मोटरसाईकल ठोक्किँदा दुईजना घाइते


न्युज अफ नेपाल, म्याग्दी ।

बेनी–जोमसोम सडकखण्ड अन्तर्गत म्याग्दीको जलेश्वरमा मङ्गलबार दिउँसो जीप र मोटरसाईकल एकापसमा ठोक्किँदा तीजना घाइते भएका छन् ।

गलेश्वरबाट बेनीतर्फ आउँदै गरेको ध १ च २३५ नम्बरको बोलेरो जीप र बेनीबाट गलेश्वरतर्फ जाँदै गरेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाईकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

दुर्घटनामा परेर मोटरसाईकल चालक रघुगंगा गाउँपालिका–६, पाखापानीका २३ वर्षीय सन्तोष थजाली, सोही ठाउँका २५ वर्षीय अमर पाईजा र २० वर्षीय मोनी पूर्जा घाइते भएको म्याग्दीका प्रहरी नायव उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

दुर्घटनामा परेर गम्भीर घाइते चालक थजाली र पाईजालाई सिम्रिक एअरको हेलिकप्टरमार्फत थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको उहाँले बताउनुभयो ।

गम्भीर घाइते चालक थजालीको टाउको र बायाँ खुट्टा, अर्का घाइते पाईजाको टाउको र दायाँ आँखाको माथिपट्टी निधारमा चोटपटक लागेको छ । त्यस्तै सामान्य घाइते मोनी पूर्जाको बाँया हातमा चोट लागेको बताइएको छ ।

मोटरसाइकलमा ओभरलोड र रङ साइड तथा घुम्ती सडक भएका कारणले गर्दा दुर्घटना भएको र दुवै सवारीसाधनमा क्षति पुगेको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । दुर्घटनाको जीप र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।