रसुवा भन्सार कार्यालयद्वारा चार वर्षमा २४ अर्ब राजश्व संकलन


सरस्वती न्यौपाने, रसुवा ।

अन्तराष्ट्रिय नाका रसुवागढी हुँदै चीनको केरुङबाट सामान आयात निर्यात हुन थालेपछि २०७२ मंसिर १५ देखी २०७६ मंसिर ७ गतेसम्म आइपुग्दा करिब २४ अर्ब ६६ करोड ७१ लाख ५० हजार भन्सार राजश्व संकलन भएको छ ।

यस आर्थिक वर्षको साउनदेखी कात्तिक मसान्तसम्म हेर्दा लक्ष्य भन्दा ४६ प्रतिशत राजश्व अशुली भएको र दिनानुदिन भन्सार राजश्व बढदै गएको र नेपाली बजारका लागी चिनबाट जुता, चप्पल, बच्चाको खेलौना, थरमस, मेशिनरी, पार्टपुर्जा, सेनीटरी एवम इलेक्ट्रीक सामान, रोलकपडा, स्याउ, प्याज, लसुन, ओखर, भाडाकुडा, फर्निचर, जिम्बु, शिरक, कम्बल, सुईटर र ज्याकेट लगाएत आयात भएको विविध सामाग्रीको शुल्कवापत भन्सार राजश्व प्राप्त भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले बताउनु भयो ।

नेपालबाट भने चीनतर्फ निर्यात हुने सामान बाँसबाट निर्मित मुढा, हस्तकला, क्युरिया, तामाका भाडाकुडा, गलैचा समेत रसुवागढी नाकाबाट जाने गरेको छ ।

चिनीयाँ सामाग्री बोकेर भन्सार हातामा प्रवेश गरेका मालबाहक ट्रकमध्ये सरदर दैनिक ८०/९० ओटा जाँचपास हुने गरेको र छिटो छरितोे भइरहेको र सामान जाँच परिक्षणका लागी ३० जना जाँचकी अह्रोरात्र खटिएको भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

भन्सारको कार्य सम्पादन गर्न १० जना अधिकृतसहित समग्रमा ६१ जना कर्मचारी कार्यरत रहेको र तलव भत्ता लगाएत मासिक ५० लाख खर्च हुने गरेको जनाइएको छ ।

पुर्वाधारको कमि ,सडक जिर्ण,नेपालको चाडपर्वको बेला ल्याइने सामान काठमाण्डौ पुर्याउन राजमार्गमा हुने बाढी पहिरोको समस्याले निर्धारित समयमा चल्ने मालबाहक ट्रक गन्तव्य नपुग्नु जस्ता चुनौती भएपनि सडक सुधार र स्तरउन्नत तथा एकिकृत भन्सार तथा सुख्खा बन्दरगाह निर्माण कार्य अगाडि बढि रहेकोले अवको केही समयपछि नेपालको उत्तरी नाका व्यवस्थित र आर्कषण हुने अपेक्षा गरिएको समेत प्रमुख भन्सार अधिकृत खड्काले बताए ।

यस्तै एउटा-एउटा चीज गरि घरेलु प्रयोजनका लागी भन्दै प्रयोजनका लागी भन्दै सानातिना पोके व्यापारीले दिनानु दिन बोकेर ल्याउने क्रम बढेपछि भन्सार शुल्क वेगरको सामान ल्याउन रोक लगाएको छ ।

जुन व्यापारीले व्यावसायीक प्रयोजनका लागी ल्याउने सवै प्रकारका सामानको परिमाणका आधारमा निधार्रित दररेट अनुसारको भन्सार शुल्क तिर्नुपर्ने र राजश्व चुहावट रोक्न शसस्त्र प्रहरी २१ नम्बर गुल्मले पहरा दिईरहेको भन्सार कार्यालयले जानकारी दिइएको छ ।

भन्सार कार्यालयको यतिका राजश्व उठेको हुन्छ तर सडक निर्माण र सडकमा भएका खाल्टा-खुल्टी तेतिकै छन् । सडक मर्मत सम्भार भने नभएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ बताउनु हुन्छ ।