सीटीईभीटी र महासंघबीच सम्झौता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

उद्योग क्षेत्रमा आवश्यक सीप पहिचान गरी सोही अनुरुप सीप विकासको माध्यमबाट सीपयुक्त जनशक्ति उत्पान गरी रोजगारीको अवसर प्रदान गर्न दुई निकायबीच सम्झौता भएको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सीटीईभीटी) र घरेलु तथा साना उद्योग महासंघबीच रोजगारमुलक जनशक्ति उत्पान गर्न सो सम्झौता भएको हो।

सम्झौतामा सीपयुक्त प्राविधिक जनशक्तिको प्रक्षेपण, उत्पादन तथा रोजगारीको सम्बन्धमा सहमति गरी सम्झौता गरिएको हो। सीटीईभीटी सदस्यसचिव डा. पुष्परमण वाग्ले र महासंघका अध्यक्ष श्यामप्रसाल गिरीले हस्ताक्षर गर्नुभएको छ। सम्झौतापछि दुई पक्षबीच सीपमुलन जनशक्ति उत्पादन र रोजगारीको अवसरको ढोका खुल्नेछ।

सम्झौता हस्तान्तरण कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष गिरीले सीप र बजारबीचको खाडल पुर्न सम्झौताले मुख्य भूमिका खेल्ने बताउनुभयो। उहाँले सरकारले हालसम्म लगानी गरेको तालिमले सोचेजति उपलब्धता हासिल गर्न नसकेको आरोप लगाउँदै अबको सम्झौताले सीपमुलक जनशक्ति उत्पादन हुने दाबी गर्नुभयो।

तथ्याङक अनुसार हाल श्रम बजारमा वार्षिक ५ लाख युवा रोजगारीको खोजीमा प्रवेश गरेको पाइन्छ। तीमध्ये रोजगार बजारको क्षमता करिब १ लाखभन्दा कम ररहेको पाइन्छ।

सम्झौतामा रोजगारी पनि दिने र नयाँ उद्योग स्थापना गर्ने काम मुख्य रहेको छ। करिब ४ लाख हाराहारीमा रहेका लघु घरेलु तथा साना उद्योगको स्तरोन्नती गरेमात्रै नेपालमा तालिम र रोजगारीले अवसर पाउने दुवै निकायको भनाइ छ।

त्यस्तै सीटीईभीटीका सदस्यसचिव डा. वाग्लेले परिषद् र महासंघबीचको सहकार्यले नेपालका घरेलु तथा सानाा उद्योगको आवश्यकता अनुरुप सीप पहिचान गरी कार्यस्थलमा सिकाइको तालिम कार्यक्रम सञ्चालन गर्न सहज हुने बताउनुभयो। दुवै संस्थाको एउटै उद्देश्य भएकाले सम्झौता गर्न सफल भएको उहाँको भनाइ थियो।

उहाँले सीपको आवश्यकता र पहिचान गरी अदक्ष जनशक्तिलाई दक्ष जनशक्तिको रुपमा परिवर्त गर्न सकिने जानकारी गराउँदै गरिबीलाई न्यूनीकरण गर्न सम्झौताले महँवपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो–‘अब सीटीईभीटीले रोजगारमुलक जनशक्ति उत्पादन गरी रोजगारीको व्यवस्था गर्न सबै तहमा कार्यक्रम सञ्चालन गर्नेछौं। कार्यक्रममा सीटीईभीटीका तालिम विकास महाशाखा निर्देशक टेकबहादुृर मल्लले बजारमा बिक्ने जनशक्ति उत्पादन गर्न सम्झौता भएको बताउनुभयो।