निर्माण व्यवसायीद्वारा धर्ना

0
Shares

काठमाडौं, (नेस) । 

म्याद थप, बैंक क्रेडिट लाइन, लगायतका मागमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन नेपाल निर्माण व्यवसायी महासंघले सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिएको छ। धर्नामा सहभागी व्यवसायीले ‘व्यवसायीका माग पूरा गर, सम्पूर्ण व्यवसायी एक हौं, व्यवसायीमैत्री ऐन आजको आवश्यकता, एकपक्षीय रुपमा व्यवसायीलाई मात्र दोष लगाउने काम बन्द गर, निर्माण व्यवसायीको संरक्षण गर’ लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

महासंघले आफ्ना मागका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री तथा सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवलाई जानकारी गराइसकेको छ। महासंघका अध्यक्ष रवि सिंहले अब निरन्तर एक हप्ता यसरी नै प्रधानमन्त्री निवास अगाडि धर्ना दिइने जानकारी दिनुभयो।

निर्माण व्यवसाय अस्तव्यस्त भएका कारण मुलुकको अर्थतन्त्रमा नै समस्या देखिएका कारण आफूहरू समक्ष आन्दोलनको विकल्प्प नरहेको अध्यक्ष सिंहको भनाइ थियो।

आन्दोलनअन्र्तगत महासंघले माइतीघर मण्डला लगायतका सडकमा कालो झण्डा सहित शान्तिपूर्ण प्रदर्शन गर्ने, वर्ग अनुसार चरणबद्ध रुपमा इजाजतपत्र सरकारलाई बुझाउने, हेभी इक्युपमेन्टसहित सडकमा प्रदर्शन गर्ने, बोलपत्र पूर्ण रुपमा बहिष्कार गर्ने जस्ता कार्यक्रम गर्ने अध्यक्ष सिंहले जानकारी दिनुभयो।